
बिएल संवाददाता
नेपाल टेलिभिजन र रेडियो नेपालको जिम्मेवारी फेरि डा. महेन्द्र विष्टलाई दिइएको छ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै संस्थामार्फत सञ्चालन गर्न केही महिना पहिले सार्वजनिक सेवा प्रसारण संस्था बनाएको थियो।
सोही संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्टलाई सरकारले नियुक्त गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
साेमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा विष्टले नियुक्तिसँगै शपथ ग्रहण गरे।
डा. विष्ट यसअघि रेडियो नेपाल र नेपाल टेलिभिजन छुट्टा-छुट्टै हुँदा नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष थिए। कार्यकाल सकिएर बाहिरिएका विष्टलाई फेरि सरकारले संस्थाको जिम्मेवारी दिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया