शुक्रबार, १६ जनवरी २०२६

चार दिने भ्रमणमा निस्किएका प्रधानमन्त्री ओली बेइजिङ

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको बेइजिङ पुगेका हुन्। जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणमा गएका उनलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल नियुक्त

शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन्। सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईं जस्ता शक्तिहरु एक ठाउँमा आउनुपर्छ: कमल थापा

उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको माध्यमबाट सबल र समृद्घ नेपाल निर्माण गर्न चाहने सबैलाई एकताबद्घ हुन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाका प्रहरीका सई बुढाथोकी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले साेमबार उनलाई घुससहित नियन्त्रणमा लिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँचवटा कार्यभार लिएर माओवादी अघि बढेको छ: नारायणकाजी श्रेष्ठ

श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र आफू गृह तथा उपप्रधानमन्त्री हुँदा ठूला कर्मचारी, ठूला नेता र सरकारमा बसिसकेका मन्त्रीहरुलाई भ्रष्टाचार गरेकोमा कानुन बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

काँग्रेस-एमालेकाे गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी विजयी

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन्। आइतबार भएकाे उपनिर्वाचनकाे अन्तिम मत परिणामअनुसार सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादीकी बुढा विजयी भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नाे सांसदलाई कारबाही नगरेपछि जनमत पार्टीले माग्याे सभामुखकाे राजीनामा, संसद अवरूद्ध गर्ने चेतावनी

संघीय संसद सचिवालयले मधेशीहरूप्रति देखाएको रंगभेदी र नश्लवादी व्यवहार र नीतिको संसद्मासमेत विरोध गर्ने बताएकाे छ। साथै संघीय संसद सचिवालयले आफ्नो नश्ववादी निर्णय नसच्चाए संसद अवरूद्ध गर्न बाध्य हुने चेतावनी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तह उपनिर्वाचन: कुन दलले कति जिते?

सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार हालसम्म नेपाली कांग्रेसले १६ वडा जितेर पहिलो स्थान हासिल गरेकाे छ। त्यस्तै, नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ भने एक अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको नेकपा (एमाले) तेस्रो स्थानमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखर पक्षको कोशी भेला रोक्न कांग्रेसको सर्कुलर, भेला नरोकिने दाबी

कोइराला पक्षले कोशी प्रदेशको विराटनगर र बेलबारीमा यही मंसिर १७, १८ र १९ गते प्रदेशभित्रका स्थानीय तहका सभापतिहरुको भेला राखेका थिए। सो कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरुलाई समेत डाकिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिपुर-४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी

काठमाडौँकाे कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। आइतबार भएकाे उपनिर्वाचनकाे अन्तिम मत परिणामअनुसार बानियाँले ७ सय ४२ मत ल्याएर विजयी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी साेमबार बिहान चीनको बेइजिङ प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधिकारीको संख्या

मन्त्रिपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आइरहेकोे गृह मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी

मोरङको ग्रामथान गाउँपालका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्। ६ हजार ९६९ मत प्राप्त गर्दै माझी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गर्दै दोस्रो भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

नलगाड कांग्रेसबाट खास्याे माओवादीले, लामिछाने बनिन् उपप्रमुख

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन्।नलगाडमा २०७९ को निर्वाचनमा कांग्रेसका सरिता सिंह उपप्रमुखमा निर्वाचित भएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दैलेख

नेकपा एसबाट पराजित भएका शाही एमाले प्रवेश गरेपछि बने पालिका अध्यक्ष

उपनिर्वाचनअघि एमालेमा प्रवेश गरेर शाहीले फेरि अध्यक्ष बनेका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट सोही पालिकामा अध्यक्ष बनेका थिए।  पार्टी विभाजनपछि एकीकृत समाजवादीतिर लागेर जिल्ला अध्यक्ष भएका उनी अन्ततः एमालेबाट अध्यक्ष भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हेटौंडा–१२मा कांग्रेसका तिवारी विजयी

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैडा

कीर्तिपुरमा काँग्रेसलाई पछ्याउँदै एमाले

देशभर ४१ पदका लागि भएको उपनिर्वाचनमध्य चर्चाको केन्द्रविन्दुमा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिकामा हाल बिहानसम्मको मतपरिणामअनुसार काँग्रेसलाई एमालेले पछ्याइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार औपचारिक भ्रमणका लागि चीन जाँदैछन्।  चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चार दिने भ्रमणका लागि चीन जान लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचन मतपरिणामः काठमाडौँ १६बाट रास्वपाले खोल्यो खाता, रोजिना श्रेष्ठ विजयी

काठमाडौँ महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छिन्। श्रेष्ठ विजयी भएसँगै आइतबार भएको उपनिर्वाचनमा रास्वपाले विजयीको खाता खोलेको छ।  यसअघि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा रास्वपाले भाग लिएको थिएन। त्यसैले पनि श्रेष्ठ रास्वपाबाट स्थानीय तहको जनप्रतिनिधि बन्ने पहिलो उम्मेदवार बनेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ