मङ्गलबार, २१ अप्रिल २०२६

सरकारी कर्मचारीकाे माग– विवाह बिदा १५ दिन चाहिन्छ

नेपाल निजामति कर्मचारी संगठनले विवाह बिदा १५ दिन पाउनुपर्ने माग गरेकाे छ। संगठनको केन्द्रीय कार्य समितिको बैठक, केन्द्रीय परिषद्को १८औं बैठक र प्रथम विधान अधिवेशनले विवाह गर्दा कर्मचारीले १५ दिन विवाह बिदा पाउनुपर्ने माग गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

श्रीमतीकाे बदमासीपछि श्रीमानकाे पद धरापमा, माओवादीले माग्यो राजीनामा

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैद्यखानाको अनुगमन गर्दै स्वास्थ्यमन्त्रीले भने- तलबका लागि पैसा दिन सक्दैनौँ

‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौँ’, मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीकाे निर्देशन

‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानलाई जीवन्त राख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल आवश्यक छ: सभामुख

उनले संविधानलाई जीवन्त तथा समयसान्दर्भिक बनाइराख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेको बताए। साथै उनले सभामुखको नाताले संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माणमा आफु प्रयत्नशिल रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैदेशिक रोजगारमा गएकाहरुले गरेनन् नियमित रकम जम्मा

मंसिर अन्तिम हप्तासम्ममा १३ लाख १ हजार ७८ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर वैदेशिक रोजगारमा गएको तर, अहिलेसम्म ६० हजार श्रमिकले मात्र योगदान रकम नियमित जम्मा गरेको पाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक बोहरासँग रवि लामिछानेले भने-हिरासतमा म सुरक्षित छैन (भिडियाे)

‘रवि दाइ त्याे हिरासतमा सुरक्षित छैन, म सुरक्षित छैन भनेर पटक पटक भनेर भन्नुभयाे। यसअघि चितवनबाट कास्की ल्याइँदाखेरि मध्यरातमा पनि रवि लामिछानेले म जाँदिनँ भनेर भन्दा प्रहरीले जबरजस्ती ल्याएकाे कुरा भन्नुभएकाे थियाे’, लामिछानेलाई भेटेर फर्किएपछि उनले फेसबुक लाइभमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविकाे भाइरल तस्बिरबारे निकोलसले भने- फोटो मैले नै खिचेको हुँ, माफी चाहन्छु

‘यो फोटो रियल हो मैले नै खिचेको हो गल्ती भको हो माफी चाहन्छु। मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन’, उनले भनेका छन्, योभ्रममा नपर्न अनुरोध। म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गको थिएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल इन्जिनियरिङ कलेजमा सेनाका इन्जिनियरहरू

नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।  भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

बैंकिङ क्षेत्रले ठुला चुनौतिहरू जितेर अहिले सुरक्षित अवस्थामा छ: गर्भनर अधिकारी

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठुला चुनौतिहरू जित्दै गएको बताएका छन्। बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै अधिकारीले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन बैंकरहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल बैंकर्स एसोसिएसनकाे अध्यक्षमा सन्तोष कोइराला निर्वाचित

नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ। एसोसिएसनको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित भएका छन्। कोइराला यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आकाशबाट यस्ताे देखियाे पर्यटकीय क्षेत्र पाटन दरबार स्क्वायर (तस्बिरहरू)

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। ललितपुरमा अवस्थित पाटन क्षेत्र पर्यटनका दृष्टिले निकै महत्वपूर्ण ठाउँ हाे। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोरियामा काम गरिररहेका नेपालीलाई मन्त्री भन्डारीले भने- यहाँकाे सीप-सम्पत्ति नेपाल लैजानुस्

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कान्ति अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्रीको आग्रह

बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ। यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्युको सङ्ख्या हेर्दा युद्ध लड्न गएजस्तो देखिन्छ: मन्त्री भण्डारी

श्रमिकहरुले मृत्युवरण गर्नुपर्ने अवस्थाको बारेमा खोजी गर्न आवश्यक रहेको भन्दै मन्त्री भण्डारीले यसको समाधानको लागि विभिन्न विज्ञ डाक्टरहरुबाट सुझाव संकलन गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई रहरले हाेइन, अनुसन्धान गर्न घुमाइएकाे हाे: गृहमन्त्री लेखक

'जतिसुकै ठूलाे मान्छे भए पनि अनुसन्धान हुन्छ। सबैमाथि अनुसन्धान हुन्छ। सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेकाे छ। त्यहीँ अनुसार अनुसन्धान भइरहेको छ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - पाल्पा

भारत र मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकर प्रसाद शर्मालाई गणतन्त्र भारतका लागि र डा. नेत्र प्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको राजदूत नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई सदस्य नियुक्त

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिकाे सदस्यमा दुई जना नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सदस्यमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ