बिएल संवाददाता
विक्री भइसकेको जग्गा पुनः आफ्नै नाममा स्रेस्ता कायम गरी बैंकबाट ऋणसमेत लिएको आरोप लागेका दिलीप थापा पटक–पटकको पत्राचार पछि पनि सम्बन्धित कार्यालयमा उपस्थित भएका छैनन्।
उनलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दाङलाई अनुरोध गरिए पनि हालसम्म उपस्थित गराउन नसकिएको जनाइएको छ।
मालपोत कार्यालय घोराहीले दशैंअघि जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रहरीलाई पत्राचार गर्दै थापालाई उपस्थित गराउन अनुरोध गरेको थियो। तर, पत्राचारपछि पनि उनी उपस्थित नभएको बताइएको छ।
घोराही उपमहानगरपालिका–७, सौडियार घर भएका थापा हाल बाँकेको नेपालगञ्जस्थित बसपार्क नजिक विद्युत् कार्यालय आसपास बस्दै आएको प्रशासनले बताएको छ। उनी उपस्थित नहुँदा निवेदनमाथिको छानबिन तथा आवश्यक प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ।
निवेदनअनुसार थापाले २०५५ साल असार ११ गते चन्द्रभानु भट्टराईलाई कित्ता नं. ८४०, ८४२ र ८५५ का जग्गा विक्री गरेका थिए। त्यस्तै, असार १९ गते शारदा भण्डारीलाई कित्ता नं. ८५२ को जग्गा विक्री गरेको उल्लेख छ। तर, विक्री भइसकेका जग्गा पुनः आफ्नै नाममा स्रेस्ता कायम गरी बैंकबाट ऋणसमेत लिएको निवेदकहरूको आरोप छ।
निवेदकहरूले दोहोरो स्रेस्ता हटाई जग्गा आफ्नो नाममा कायम गर्न माग गर्दै सम्बन्धित निकायमा निवेदन दिएका छन्। आरोपबारे छानबिन गरी जग्गाको वास्तविक अवस्था स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले थापालाई उपस्थित गराउन भनिएको र छिट्टै उपस्थित गराइने जानकारी दिए।
पटक–पटक पत्राचार गर्दा पनि आरोपित उपस्थित नभएपछि उक्त प्रकरणको छानबिन र कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया