बुधबार, २६ नोभेम्बर २०२५

भारतको लोकसभाको छैटौं चरणको मतदान आज

आज भारतको लोकसभा निर्वाचनको छैटौं चरणको निर्वाचन हुँदैछ। छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हट्याे पश्चिमी वायुकाे प्रभाव, देशभरकाे माैसम सफा रहने अनुमान

हाल बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बबई सिँचाइको मुआब्जा बाँड्ने तयारीमा आयोजना

जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ (२) बमोजिमको मुआब्जा निर्धारण समितिको बैठकले कायम गरेको मुआब्जा दरअनुसार रकम उपलब्ध गराइने बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

सेक्युरिटी प्रिन्टिङ खरिदकाे भ्रष्टाचारमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए

५७ वर्षीय पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नाेटसमेत फेला परेकाे छ। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको बुझिएकाे प्रहरीले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काकाको हत्या गरेको अभियोगमा डनराज पक्राउ

शारदा नगरपालिका-६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डनराज विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सल्यान

फेरि सडकमा उत्रिए सहकारी पीडित

सरकारले पटक-पटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेकाे भन्दै दबाब दिन आन्दोलनमा उत्रनुपरेको पीडितहरुले बताएका छन्।  सरकारसँग भएको सम्झौता कार्यान्वयनका नभएसम्म शान्तिपूर्ण अनिश्चितकालीन धर्ना र रिले अनशन थाल्ने उनीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिमा सरसफाइ आवश्यक छ: बाबुराम भट्टराई

पछिल्लो समय नयाँ पार्टीहरुले आफ्ना एजेण्डा समातेका भए पनि उनीहरुसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफूले थालेको अभियानलाई थप सशक्त आफैँले बनाउनुपर्नेमा उनले जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

नेपालमा भेटियाे कोरोनाको नयाँ सव भेरियन्ट ‘केपी’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैनः गृहमन्त्री

उप्रधानमन्त्री लामिछानेले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: कार्यदलमा अझै जुटेन सहमति

कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउँदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्ने गरी प्रस्ताव आएको र आजै फेरि बैठक बसेर टुंग्याउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यक्षेत्रमा आउनसक्ने सबै चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम छ: प्रधानमन्त्री

‘तालिमबाट प्राप्त सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोध चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिङ्गापुर एयरलाइन्सकाे हवाई तुफानमा परे २० जनाको मेरुदण्डमा गम्भीर चोट, आईसीयू उपचार हुँदै

लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो। ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ। विमानमा सवार यात्रुहरूका अनुसार विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन सिंहदरबारमा कार्यदल बैठक

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेरअघि बैठक सुरू भएकाे हो। यसअघि बिहीबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कस्तो रहनेछ आजको मौसम?

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बर्दियामा बाघका आक्रमणबाट महिलाको मृत्यु

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षीया मनिषा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

बर्दियामा बाघका आक्रमणबाट महिलाको मृत्यु

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षीया मनिषा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

यूएई भ्रमणमा जान नयाँ मापदण्ड लागू

भम्रण भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपालीका साथमा ३ हजार दिराम (नेपाली झण्डै १ लाख ९ हजार) हुनुपर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेकाे बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएकाे हाे। सहमति प्रयासका लागि कार्यदलकाे बैठक शुक्रबार बिहान साढे ८ बजे फेरि बस्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, नेपाली गाइड बेपत्ता

पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन्। साथै उनीसँगै गएका नेपाली डवाङ शेर्पा सम्पर्कविहीन बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं