ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे हाे। प्रधानमन्त्री ओलीकाे आह्वानमा देउवा र प्रचण्ड बालुवाटारमा पुगेका हुन्। प्रधानमन्त्रीकाे सचिवालयका अनुसार उनीहरूबीच छलफल जारी छ।
बिएल संवाददाता - काठमाडौं