झापामा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते
घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो।
बिएल संवाददाता - झापा
घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो।
बिएल संवाददाता - झापा
या–चौँरी कृषक महासंघको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपलिका–११ आलोकनगरमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो। कार्यालयको उद्घाटन गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालभरको याक चौँरी व्यवसायहरुको साझा थलो रहेको महासंघलाई पर्यटनको क्षेत्रबाट सहकार्य गर्दै सरकारबाट हरसम्भव सहयोग गरिने बताए।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ। सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने अदालतले फैसला गरेको हो। अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो।
बिएल संवाददाता - सङ्खुवासभा
अझै पनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन्। दुई महिनाको अवधिमा जिल्लाभर दश हजार चार सय २३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए।
बिएल संवाददाता - रुकुम पश्चिम
जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले राससलाई बताउनुभयो। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ।
बिएल संवाददाता - कञ्चनपुर
दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएको छैन।
बिएल संवाददाता - सर्लाही
द्वन्द्वपीडितलाई न्याय दिन, माइतीघरको निषेधाज्ञा हटाउन, शिक्षामा समान पहुँच हुनुपर्नेलगायतकाे माग गर्दै प्रदर्शन गरेका उनीहरूलाई निषेधित क्षेत्र तोडेकाे भन्दै पक्राउ गरिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
‘छ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो’, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ।’
बिएल संवाददाता - इलाम
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ।
बिएल संवाददाता - काठमाडौं
लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो।
बिएल संवाददाता - लमजुङ
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो।
बिएल संवाददाता - सुर्खेत
कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले सङ्घीय सरकारद्वारा मुक्तिको घोषणा गरिएका मधेस प्रदेशका मुक्त हरवाचरवाको यकिन तथ्याङ्क र अवस्था पहिचानका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्।
बिएल संवाददाता - जनकपुरधाम
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताएका छन्। पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्नुहुँदै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए।
बिएल संवाददाता - रामपुर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल जनसाङ्ख्यिक सर्वेक्षण प्रादेशिक सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले विपन्न जनताको उपचारको जिम्मेवारी राज्यको भएको बताए।
बिएल संवाददाता - काठमाडाैँ
सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए।
बिएल संवाददाता - सिमकोट
भन्सार विभाग घेराउ गर्न पुगेका आन्दोलनकारीले सरकारविरुद्ध नारावाजी गर्दै आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको साँधका विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छ। उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका हुन्।
बिएल संवाददाता - पर्वत
चीनको चेचियाङ प्रान्तको खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ। प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएकाे झडपमा प्रहरीकाे गोली लागेर जयशंकर साहको मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .