ट्राफिक प्रहरी एक्लैले चाहेर दुर्घटनाहरू रोकिन्नन्
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रस्तावनामै दुर्घटना रोकथाम गर्ने, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने, बिमा व्यवस्था गर्नेलगायतका उद्देश्यहरू पूरा गर्न ऐन जारी गरिएको उल्लेख छ। तर यी उद्देश्य पूरा गर्न ऐन, नियमावली तथा दर्जनौँ कार्यविधि र निर्देशिकाहरूमा गरिएको व्यवस्थाको कार्यान्वयन भने कमजोर देखिन्छ।
मन्दिरा अधिकारी - काठमाडौं