परमाणु सकियो, इरान अब तेल बेचेर धनी हुन्छ : ट्रम्प
बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरुलाई कुनै समस्या नरहेको बताएका हुन्। ‘इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ। तिनीहरूले तेलको व्यापार गर्छन्। म चाहे भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न। यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन। इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ’ ट्रम्पले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं