काठमाडाैंकाे मखन टोलमा लागेको आगो नियन्त्रणमा लिइयाे
काठमाडौंको मखनटोलमा लागेको आगो नियन्त्रणमा आएको छ। बुधबार बिहानैदेखि महानगरको वडा नं २४ स्थित महादेव चोकमा लागेको आगो नियन्त्रणमा आएको हो।आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ।
बिएल संवाददाता - काठमाडाैं