बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएकाे अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत् संस्कृति मन्त्रीजस्ताे पदमा बसेकाे व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिन मिल्छ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीलाई किराती अभिव्यक्तिबारे ध्यानाकर्षण गराएका हुन्।
मन्त्री किरातीले दिएकाे अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिकाे, उत्तेजनक, गैरजिम्मेवार, पदीय गरिमाविपरीत भएकाे भन्दै खेद प्रकट गरेका छन्। ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्’, उनले भनेका छन्।
मन्त्री किरातीले बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा धार्मिक अभिव्यक्ति दिएका थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया