आइतबार, ११ जनवरी २०२६

राजनीतिक दललाई बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक: सभापति देउवा

News Image
• • •

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको निर्वाचन प्रणालीका कारण कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने बताएका छन्।

जनकपुरमा नेपाली काँग्रेसको मधेस सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै देउवाले त्यसका बाबजुद पनि नेपाली काँग्रेस बहुमत ल्याउने दिशामा अघि बढ्नुपर्ने जोड दिए।

सम्मेलनलाई करिब एक मिनेट जति सम्बोधन गरेका देउवाले काँग्रेसका कार्यकर्ताहरूलाई पनि अबको निर्वाचनका लागि बहुमत ल्याउनेगरी जनतामाझ खट्न निर्देशन दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!