बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको प्रतिस्पर्धा र कुनै हार-जितबाट पार्टीलाई कमजोर हुन नदिने बताएका छन्।
नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार सम्बोधन गर्दै सभापति देउवाले काँग्रेसलाई बलियो बनाउन कार्यकर्तालाई आह्वान गरे।
‘हामीबीच मेलमिलाप हुन आवश्यक छ। हामीबीच पनि प्रतिस्पर्धा हुन्छ। जित-हार हुन्छ’, देउवाले भने, ‘अझै पूर्णरुपमा मेलमिलाप हुन सकेको छैन। अब हामी मिलेर अघि बढ्नुपर्छ।’
उनले देशको निर्वाचन प्रणाली नै त्यस्तै भएका कारण कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भन्दै तर काँग्रेसलाई बलियो बनाउनका लागि ‘ग्रासरुट’बाटै सुदृढ बनाउन पनि अपिल गरे।
‘यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने अवस्था हुँदैन। हामी सबैको त्यस्तै हो’, उनले भने, ‘यो पार्टीलाई सुदृढ गर्दै ग्रासरुट लेभलदेखि नै पार्टीलाई पूर्णरुपमा प्रतिवद्ध बनाएर बलियो बनाउन सबै साथीहरू लाग्नुपर्नेछ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया