सोमबार, ३१ अगस्ट २०२६

चिलिमे हाइड्रोपावरको सुरुङमा २ जनाको शव फेला

News Image
• • •

भोटेकोशी बाढीले क्षति पुगेको चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।

भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाको संयुक्त टोलीले आयोजनाको सुरुङबाट दुईवटा शव निकालेको नेपाली सेनाले जनाएको छ। 

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आइतबार सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको छ। र २५० मिटर लामो सुरुङको १०० मिटर भित्रसम्म जीवित व्यक्ति फेला परेका छैनन्।

६ जना कामदार फसेको अनुमान गरिएको चिलिमेको सुरुङमा भारतीय विशेषज्ञ टोलीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ८२ सदस्यीय संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!