बिएल संवाददाता
रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ।
५ दिनअघिको भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केहीको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको दुःखद खबर सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गण्डक क्षेत्रका विभिन्न क्षेत्रमा यत्रतत्र मानिसका शवहरू देखिन थालेका छन्।
रसुवामा आएको बाढीले ठुलो जनधनको क्षति पुर्याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनाएको छ। बाढीले बगाएका शव नदीको बहावसँगै भारततर्फ पुग्न थालेपछि घटनाले थप पीडादायी रूप लिएको छ।
प्रकृतिको यो निर्मम प्रहारले कैयौँ परिवारको खुसी उजाडिएको छ भने आफन्तको खोजीमा रहेका परिवारहरू अझै पनि आशा र पीडाको बिचमा छन्।
बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया