मङ्गलबार, ०१ सेप्टेम्बर २०२६

औषधि आयातकर्ता संघद्वारा बाढी प्रभावितका लागि ३ करोड बराबरको सहयोग हस्तान्तरण

News Image
• • •

भोटेकोशी बाढी प्रभावितका लागि नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कोलेरा भ्याक्सिन, टिटानास भ्याक्सिन, एन्टिरेविज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायत करिब तीन करोड रुपैंयाँ बराबरको औषधि लगायतका स्वास्थ्य सामग्री गरिएको संघका अध्यक्ष पवन आचार्यले जानकारी दिए।

अध्यक्ष आचार्यको अगुवाईमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पुगेको टोलीले मन्त्री निशा मेहतालाई सामग्री हस्तान्तरण गरेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!