बिहिबार, ०३ सेप्टेम्बर २०२६

भदौ २३ गते जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

News Image
• • •

सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको  सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला सरकारी अमानवीय दमनका क्रममा ७७ जनाले ज्यान गुमाएका थिए।

भदौ २३ गते सार्वजनिक बिदा दिएको सरकार भदौ २४ गतेको विध्वंशको बारेमा भने मौन देखिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!