बिएल संवाददाता
नेपाली कांग्रेसले आगामी असोज १६ गतेबाट गर्ने भनेको १५औं महाधिवेशनको मिति हेरफेर गर्ने भएको छ।
नेता शेखर कोइरालासँगको छलफलपछि सभापति गगन थापा महाधिवेशनको मिति सार्न सकारात्मक भएका उनीनिकट स्रोतले बतायो। आइतबार मध्याह्न दुई नेताबीच भेटवार्ता भएको थियो।
आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वडा अधिवेशन करिब हप्ता सारेर असोज २ गतेबाट सुरु गर्ने निर्णय गर्न लागेको बैठकमा सहभागी एक पदाधिकारीले बताए।
उनका अनुसार वडा अधिवेशन सरेपछि अन्य तहको अधिवेशनसँगै केन्द्रीय महाधिवेशनको कार्यतालिका पनि हेरफेर हुनेछ। पूर्वघोषित कार्यतालिका अनुसार भदौ २४ गतेबाट वडा अधिवेशन गर्ने तयारी गरिएको थियो।
गगन थापासँगको भेटमा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको भन्दै त्यसका लागि जस्तोसुकै त्याग गर्न पनि आफू तयार रहेको बताएका थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया