बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही उद्योगहरूको विद्युत काटिएको बारे सरकारलाई ध्यानाकर्षण गराएका छन्।
आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै उनले तार जोडिदिएर आफैँले बिजुली दिन नसक्ने अनि महसुल नतिरेको भन्दै विद्युत काटिएको भन्दै आपत्ति जनाएका हुन्।
‘तार जोडिएको छ तर बिजुली दिइएको छैन भने लाइन किन काट्ने? डेडिकेटेड ट्रंक लाइनहरू दिएको छ भन्ने महसुल उठाउने हो, लाइन काट्ने होइन’, उनले भने, ‘आफैँ बन्द हुने अवस्थामा सरकारले उद्योगहरूको लाइन काटेर झन् बन्द गराउन लागेको छ।’
यसबारेमा उद्योगी, व्यवसायीहरूले आफूलाई जानकारी गराएको भन्दै उनले त्यसबारे सरकारसँग पनि कुराकानी गर्ने बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया