बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही उद्योगहरूको विद्युत काटिएको बारे सरकारलाई ध्यानाकर्षण गराएका छन्।
आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै उनले तार जोडिदिएर आफैँले बिजुली दिन नसक्ने अनि महसुल नतिरेको भन्दै विद्युत काटिएको भन्दै आपत्ति जनाएका हुन्।
‘तार जोडिएको छ तर बिजुली दिइएको छैन भने लाइन किन काट्ने? डेडिकेटेड ट्रंक लाइनहरू दिएको छ भन्ने महसुल उठाउने हो, लाइन काट्ने होइन’, उनले भने, ‘आफैँ बन्द हुने अवस्थामा सरकारले उद्योगहरूको लाइन काटेर झन् बन्द गराउन लागेको छ।’
यसबारेमा उद्योगी, व्यवसायीहरूले आफूलाई जानकारी गराएको भन्दै उनले त्यसबारे सरकारसँग पनि कुराकानी गर्ने बताए।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया