बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका बेथितिविरुद्ध बोल्दा सरकारले उल्टै एमालेमाथि आरोप लगाउने गरेको बताएका छन्।
आइतबार पार्टी कार्यालयमा पत्रकारहरूसँग बोल्दै उनले एनसेल प्रकरणप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।
‘सरकारको बेथितिविरुद्ध बोल्यो उल्टै एमालेलाई नै आरोप लगाउँछन्। बेथिति भएको छ भन्यो त्यो बेथिति गर्ने व्यापारी त केपी ओलीले चिनेको छ भन्छन्। बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो?’, ओलीले भने, ‘असान्दर्भिक कुरा गरेर ध्यान मोड्न खोजिएको छ।’
उनले राज्यको खर्बौंको सम्पत्ति अर्बमा किनबेच हुन थालेको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए।
‘सञ्चारमाध्यमले कहिले बेचेको हो भन्छ, कहिले छैन भन्छ’, उनले भने, ‘यस्तो खालको कुरा हुनुभएन।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया