बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ दिने यात्राका क्रममा आफूले सामाजिक सञ्जालमा १०६ वटा स्टाटस लेखेको बताएका छन्।
नेकपा एमालेले केही दिनअघि मध्यपहाडमा १८ दिनको यात्रा गरेको थियो। मंसिर १४ गते पश्चिम बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८औँ दिनमा पुस ३ गते पूर्व पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिएको थियो।
त्यस यात्राका बारेमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले मध्यपहाडमा पनि सञ्चारको सुविधा पुगेको भन्दै त्यसलाई आफूले राम्रो सदुपयोग गरेको पनि बताए।
‘धेरै ठाउँमा वाइफाई पनि छ। केही ठाउँमा डाटाहरू चलायौँ। हामी खबरदेखि टाढा भएनौँ’, उनले भने, ‘सुत्ने समयलाई अलि कम गर्नुपर्ने रहेछ। १०६ वटा स्टाटस त मैले आफैँले लेखेको रहेछु। साथीहरूले पनि पनि लेख्नुभयो। यो यात्राभरि हामी खबररहित भएनौँ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया