बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न रंगशालाहरूलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा विकसित गर्ने र त्यसका कामहरू द्रुतगतिमा अघि बढाउने घोषणा गरेका छन्।
सरकारको नेतृत्व गरेको सय दिनकोअवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल, खेलाडी र खेल संरचनाहरूलाई तल्लो तहदेखि नै विकास गरिने पनि बताए।
उनका अनुसार अब कीर्तिपुरको क्रिकेट मैदानलाई ‘पिपिपी’ मोडलमा निर्माण गरिनेछ। त्यस्तै मूलपानी विराटनगर र कैलाली चितवनको गौतमबुद्ध रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा विकसित गरिनेछ। ती रंगशाला निर्माणमा देशका तिनै तहका सरकारहरूको लगानी रहनेछ।
‘सुविधा सम्पन्न खेल पूर्वाधारबिना नै नेपाल विश्वकपको यात्रासम्म पुगिसकेको छ’, प्रधानमन्त्रीले भने, ‘अब खेल, खेलाडी र खेल पूर्वाधारमा लगानी हुनेछ र नेपाललाई खेल पर्यटनका रुपमा विकास गरिनेछ।’
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया