बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न रंगशालाहरूलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा विकसित गर्ने र त्यसका कामहरू द्रुतगतिमा अघि बढाउने घोषणा गरेका छन्।
सरकारको नेतृत्व गरेको सय दिनकोअवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल, खेलाडी र खेल संरचनाहरूलाई तल्लो तहदेखि नै विकास गरिने पनि बताए।
उनका अनुसार अब कीर्तिपुरको क्रिकेट मैदानलाई ‘पिपिपी’ मोडलमा निर्माण गरिनेछ। त्यस्तै मूलपानी विराटनगर र कैलाली चितवनको गौतमबुद्ध रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा विकसित गरिनेछ। ती रंगशाला निर्माणमा देशका तिनै तहका सरकारहरूको लगानी रहनेछ।
‘सुविधा सम्पन्न खेल पूर्वाधारबिना नै नेपाल विश्वकपको यात्रासम्म पुगिसकेको छ’, प्रधानमन्त्रीले भने, ‘अब खेल, खेलाडी र खेल पूर्वाधारमा लगानी हुनेछ र नेपाललाई खेल पर्यटनका रुपमा विकास गरिनेछ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया