बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताका सबै गाँठाहरू फुकाउने बाचा गरेका छन्।
सरकारले एक वर्ष पूरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउने पक्षमा आफू दृढ भएको विश्वास पनि दिलाए।
‘म प्रदेशलाई बलियो बनाएर लैजानुपर्छ भन्ने पक्षमा दृढ छु। पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष मैले सुनेको छु र बुझेको पनि छु। म आज यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, संघीयताका सबै गाँठा निकै छिटो फुकाइँदैछन्’, उनले भने, ‘संघीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु। यसका लागि जरूरी कानुन तुरुन्त ल्याउन म तयार छु।’
सम्बोधनमा उनले संघीयता विरोधी भाष्य निर्माण भइरहेको भन्दै चिन्ता पनि व्यक्त गरे।
‘अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने तिनको भाष्य बिल्कुल गलत छ। संघीयताले जनप्रतिनिधि बढे, खर्च बढ्यो भन्ने भाष्य बनाउन खोजिएको छ’, प्रधानमन्त्रीले भने, ‘तर सत्य के हो भने एकात्मक राज्य व्यवस्थामा कूल एक लाख ५५ हजार ८ सय ६२ जनप्रतिनिधि थिए भने अहिले जम्मा २८ हजार ४ सय ५३ जनप्रतिनिधि छन्। हिजो एउटा गाविसमा ४७ जना जनप्रतिनिधि थिए, ती अहिले सामन्यतः वडामा रूपान्तरण भएका छन् र जम्मा पाँच जना जनप्रतिनिधि छन्।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया