बिएल संवाददाता
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटना ‘व्यवस्थामाथिकाे डिजाइन’ भनेर अन्यत्र मोडेर खाेजेकाे आरोप लगाएका छन्।
प्रचण्डले केही समयअघिदेखि व्यवस्थामाथि खतरा उत्पन्न भएको कुरा गर्दै हाल आएर बालकुमारी हत्याकाण्डमा 'डिजाइन' भएको भन्दै घटना माेड्न खाेजेकाे उनल आरोप लगाएका हुन्।
उनले यस्तो 'डिजाइन' कसले, कसरी, कहाँ र किन गरिरहेको हो भन्नेबारे प्रधानमन्त्रीले स्पष्ट भाषामा भन्नुपर्ने बताए।
‘गिरिजा प्र. कोइरालाले सधैं 'ग्र्याण्ड डिजाइन' भन्ने तर कसले, कहाँ, कसरी र किन गरिरहेको छ भनी कहिल्यै नभनी यस्तो प्रचारको आवरणमा सत्ता स्वार्थ पूर्ति गर्ने खेल खेलेका थिए। उनैका प्रशंसक प्रचण्डले केही समय अघि देखि व्यवस्थामाथि खतरा उत्पन्न भएको कुरा गर्दै हाल आएर बालकुमारी हत्याकाण्डमा 'डिजाइन' भएको भनेका छन्।यस्तो 'डिजाइन' कसले, कसरी, कहाँ र किन गरिरहेको हो भन्ने बारे जनउत्तरदायी व्यवस्थाका प्रमंले स्पष्ट भाषामा भन्नुपर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
जनताको ध्यान अन्यत्र मोडेर सत्ता स्वार्थका लागि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका बेला स्वेच्छाचारी निर्णय र सम्झौता गर्ने स्वयं प्रधानमन्त्रीकाे 'डिजाइन' हुनसक्ने भन्दै आशंका गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया