बिएल संवाददाता
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटना ‘व्यवस्थामाथिकाे डिजाइन’ भनेर अन्यत्र मोडेर खाेजेकाे आरोप लगाएका छन्।
प्रचण्डले केही समयअघिदेखि व्यवस्थामाथि खतरा उत्पन्न भएको कुरा गर्दै हाल आएर बालकुमारी हत्याकाण्डमा 'डिजाइन' भएको भन्दै घटना माेड्न खाेजेकाे उनल आरोप लगाएका हुन्।
उनले यस्तो 'डिजाइन' कसले, कसरी, कहाँ र किन गरिरहेको हो भन्नेबारे प्रधानमन्त्रीले स्पष्ट भाषामा भन्नुपर्ने बताए।
‘गिरिजा प्र. कोइरालाले सधैं 'ग्र्याण्ड डिजाइन' भन्ने तर कसले, कहाँ, कसरी र किन गरिरहेको छ भनी कहिल्यै नभनी यस्तो प्रचारको आवरणमा सत्ता स्वार्थ पूर्ति गर्ने खेल खेलेका थिए। उनैका प्रशंसक प्रचण्डले केही समय अघि देखि व्यवस्थामाथि खतरा उत्पन्न भएको कुरा गर्दै हाल आएर बालकुमारी हत्याकाण्डमा 'डिजाइन' भएको भनेका छन्।यस्तो 'डिजाइन' कसले, कसरी, कहाँ र किन गरिरहेको हो भन्ने बारे जनउत्तरदायी व्यवस्थाका प्रमंले स्पष्ट भाषामा भन्नुपर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
जनताको ध्यान अन्यत्र मोडेर सत्ता स्वार्थका लागि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका बेला स्वेच्छाचारी निर्णय र सम्झौता गर्ने स्वयं प्रधानमन्त्रीकाे 'डिजाइन' हुनसक्ने भन्दै आशंका गरेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया