
बिएल संवाददाता
नेकपा माओवादी(केन्द्र)का प्रवक्ता अग्नीप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारपछि जनतामा उत्साह बढेको बताएका छन्।
मंगलबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले योबीचमा आफूहरू जनताको घरदैलोमा पुगेको र जनताको अथाह उत्साह लिएर फर्किएको पनि बताए।
‘सरकारको कामले जनतामा धेरै उत्साह छाएको छ। एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले जुन कुरा गर्नुभएको छ, नयाँ ढंगबाट अघि बढ्ने कुरा गर्नुभएको छ। अन्तत: आर्थिक विकास नै रहेछ’, उनले भने, ‘त्यस्तो आर्थिक विकासको मोडल पनि बदल्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूले गम्भीर समीक्षा र प्रतिवद्धता जनाएको छ। अलि नयाँ ढंगले गर्नुपर्छ। निरन्तरतामा क्रमभंग हुनुपर्छ भन्नेर अब प्रधानमन्त्रीज्यू लागिसक्नुभएको छ।’
उनले प्रधानमन्त्री प्रचण्डकै पालामा नेपालले ऐतिहासिक रुपमा अन्तर्राष्ट्रिय कुटनीतिक सफलता हासिल गरेको पनि दाबी गरे।
‘अहिले कुटनीतिक क्षेत्रमा नेपालले यसअघि इतिहासमा कहिल्यै नपाएको सफलता पाएको छ’, उनले भने, ‘यो प्रधानमन्त्री ज्यूकै तीव्र इच्छाशक्तिका कारण हो।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया