बिएल संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्ने कसैबाट डराउनु नपर्ने बताएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताको पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारी कसैबाट डराउनु नपर्ने ताएका हुन्।
‘प्रदेशमा अख्तियार दुरूपयोग र अनियमितता रोक्न प्रदेश सरकारले चालू आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयक ल्याएर काम सुरू गरिसकेको छ,’ उनले भने, ‘प्रदेश सरकारले कोटेशनको काम र उपभोक्ता समितिबाट कार्यकर्ता, आफन्त पाल्ने २५ लाखमुनिको योजना कटौति गरेर प्रदेशमा सुशासनको अभियान सुरू गरिसक्यो।’
इमानदारीपूर्वक काम नगर्ने र कुनै किसिमको अनियमितता गर्ने कर्मचारी मात्रै नभइ मन्त्रीलाई समेत कारवाही हुने मुख्यमन्त्री कार्कीले चेतावनी दिए। उनले सबैको खबरदारी गर्ने सम्मानित संस्था आयोग भएकाले समय सान्दर्भिक रुपमा यसलाई परिकृत गर्दै लग्नु पर्नेमा जोड दिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया