बिएल संवाददाता
पश्चिम नेपालको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेताहरूले भेटघाट गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका नेता बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र सांसद दीपक सिंहलगायतका नेताहरूले भैरहवामा ज्ञानेन्द्र शाहलाई भेटेका हुन्।
पुस २७ गते महेन्द्रनगर पुग्नेगरी केही दिनअघि निस्किएका ज्ञानेन्द्र शाहलाई बिहीबार भैरहवामा ‘नागरिक अभिनन्दन’ गरिँदैछ। त्यो सभामा उनले सम्बोधन पनि गर्ने कार्यक्रम छ।
अहिले उनी कपिलवस्तु र नवलपरासीका विभिन्न धार्मिकस्थलहरूमा घुमिरहेका छन्।
यो भेटबारे राप्रपाका नेताहरूले केही भनेका छैनन्। तर वरिष्ठ उपाध्यक्ष मिश्रले लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौँ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्, भैरहवामा सामूहिक भेटमा राजा ज्ञानेन्द्रको भनाइ।’
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया