बिएल संवाददाता
नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ।
विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित हुन लागेको हो।
पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले विसं २०५४ देखि बन्द रहेको नेपाल पुकारलाई त्रैमासिक रुपमा प्रकाशन गर्नेगरी पुनः प्रकाशनमा ल्याइएको जानकारी दिए। विसं २००४ देखि मासिक, पाक्षिक र साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको उक्त पत्रिका विसं २०५४ देखि भने पूर्ण रुपमा बन्द रहेको थियो।
कांग्रेसले त्रैमासिक रुपमा प्रकाशन गर्न लागेको पहिलो अङ्कमा ‘बीपी साहित्य महोत्सव’ का गतिविधिलाई समेटेर विशेषाङ्क प्रकाशन गरेको छ। १३२ पृष्ठको रहेको उक्त विशेषाङ्कको मङ्सिर २४ गते आइतबार पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकार्पण गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।
आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने उनको भनाइ छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया