बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार)देखि काठमाडौँमा सुरु हुँदैछ। बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।
पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत हुने सुशासनको माध्यमबाट आर्थिक समृद्धिसम्बन्धी राजनीतिक कार्यपत्र छ। कार्यसम्पादन समितिको हिजोको बैठकले कार्यपत्र परिमार्जनसहित अनुमोदन गरेको थियो।
केन्द्रीय समिति बैठकबाट छलफलपश्चात मोर्चा निर्माण र आन्दोलनको तयारीबारेमा निर्णय गर्ने महामन्त्री बर्तौलाले जानकारी दिए। दुई दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठक भोलि दिउँसो काठमाडौँ उपत्यका भेलामार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया