बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नागरिकमा देशको माया नभएको बताएका छन्। मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।
‘पहिले नैतिक शिक्षा हुन्थ्यो। त्यसमा देशको माया। इतिहासको माया। संस्कृतिको माया। देशको विकास गर्ने माया हुन्थ्यो,’ अहिले छैन,’ उनले भने, ‘अहिले छैन। जहाँ गए पनि हुन्छ। विदेशमा चर्पी सफा गरे पनि हुन्छ भन्नेछ।’
त्यसैले गर्दा अहिले बेरोजगार भएर नै विदेश गएको भन्ने कुरा सत्य लाग्न छाडेको उनको भनाइ छ। ‘आफ्नै घरको खाना खाएर। ८० हजार तलब खाने शिक्षक ८० लाख तिरेर किन विदेश गएका छन्? किन? के बेरोजगार भएर मात्र हो त?,’ प्रचण्डले प्रश्न गरे, ‘त्यसैले अहिले देशभक्त। राष्ट्र प्रेम मर्दै गएको छ।’
उनले अब शिक्षा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले अगाडि भने, ‘नेपालमा प्रशस्त सम्भावना छ। नेपालमा जल, जमिल छ। शिक्षा नीति सदनमा छ। त्यसमा अब शिक्षा नीतिमा छलफल गरौँ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया