बिएल संवाददाता
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिँदैछन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ लिने छन्।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन्।
मुख्यमन्त्रीको सपथसँगै उनले केही मन्त्रीलाई सपथ ग्रहण पनि गराउने छन्। तर, अझै मन्त्री बन्नेहरुकाे नाम टुंगो लागेकाे छैन।
नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले गत बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
महराले एमाले, जसपा, नाउपा, नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया