बिएल संवाददाता
अमेरिका हिँडेका दाङका ८ जना फिलिपिन्समा बन्धक बनेका छन्। लाखौँ रुपैयाँ बुझाएर अमेरिका हिडेका एक जोडी (श्रीमान–श्रीमती)सहित ८ जनालाई दलालले फिलिपिन्समा ८ महिनादेखि बन्धक बनाएको हो।
अमेरिका पठाउने भन्दै लाखौँ रुपैयाँ लिएर दाङको डुरुवा निवासी लक्ष्मी डाँगी र सञ्जय गुरुङ अहिले सम्पर्कमा छैनन्। उनीहरु सम्पर्कमा नभएपछि ८ जना फिलिपिन्समा बन्धक बनेका हुन्।
दाङ शान्तिनगर पाउँपालिका–५ का मोहन रावतलाई अमेरिका पठाउने भन्दै गत साउनमा साविक दाङको डुरुवा गाविस–३ की लक्ष्मी डाँगीले २१ लाख रुपैयाँ लिएकी थिइन्।
तर उनले मोनलाई फिलिपिन्समा लगेर बन्धक बनाएको मोहनका बुवा कमल रावलले बताए। उनले साहुबाट ऋण लिएर छोरालई अमेरिका पठाएको र अहिले आफु समस्यामा परेको बताए।
यस्तै तुलसीपुरका कमल वलीलाई अष्ट्रलिया पठाउने भन्दै उनी एजेन्ट डाँगीले १८ लाख लिएर उनलाई पनि फिलिफिन्समा अलपत्र पारेको कमलकी श्रीमती करिष्मा केसीवलीले बताइन्।
उनले भनिन्, ‘अट्रेलिया पठाइदिनुन्छु भनेपछि १८ लाख दिएर श्रीमानलाई पठाएको हो तर अहिले श्रीमानलाई फिलिपिन्समा बन्दक बनाइएको छ। त्यहाँ निकै कष्टकर जीवन छ रे।’
घोराहीकी गिता केसीका छोरा–बुहारी पनि फिलिपिन्समा रहेका छन्। नेपालबाट जापानको लागि तयारी गर्दा भिसा नलागेपछि लक्ष्मीले सहज रुपमा पठाउने भन्दै उनीसँग पनि ३० लाख रुपैयाँ लिएको गिताले बताइन्।
लामो समयदेखि फिलिपिन्समा अलपत्र रहेका आफ्ना छोरा बुहारीलाई उद्धार गरी नेपाल ल्याउन आग्रह गर्दा पनि एजेन्टले चासो नदिएको र उल्टै धम्कि दिने गरेको उनको भनाइ छ।
तुलसीपुरका गोपाल खड्का जापानमा पढ्दै आएका थिए। उनलाई पनि अमेरिका पठाउने भन्दै ३२ लाख लिएको गोपालकी आमा खुमा खड्काले जानकारी दिइन्।
जापानमा राम्रो नभएपछि छोरालाई अमेरिका पठाउने भन्दै लक्ष्मीको विश्वास मानेर पैसा दिएको र अहिले छोरा जापानमा लुकेर बसेको उनले बताइन्।
–सरद रेग्मी
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया