बिएल संवाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तारकाे तयारी गरेका छन्।
स्राेतकाअनुसार मुख्यमन्त्री चौधरीले आइतबार कार्यालय समयमा प्रदेश प्रमुखको कार्यालय बुटवलमा दुई जना मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन्। चौधरीले नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेश सभाका सदस्य सराेज थापा (राेज राणा)लाई वाणिज्य तथा यातायात व्यवस्था मन्त्रालयमा शपथकाे तयारी गरेका छन्।
प्युठान जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित राणा क्षेत्रीय सभापति पनि हुन्। उनले प्युठानमा ३१ वर्षपछि एमालेलाई हराएर कम्युनिस्टकाे किल्ला भत्काएका थिए।
प्रदेशसभा सदस्य राणा नेपाली चलचित्रका चर्चित व्यक्ति पनि हुन्। राणा चलचित्र निर्देशक, अभिनेता र निर्माता पनि हुन्। राणाले टक्कर दुई मुटुको, खलनायक, दादागिरी, दाेस्ती, डन, म छु नी तिम्रो, मेराे पैसा खाेई? चलचित्र निमार्ण गरेका हुन्।
यसैबीच मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य कृष्णा केसीलाई सहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिनेछन्। केसीले पनि शपथ लिनेछिन्।
मुख्यमन्त्री चौधरीले एउटा मन्त्रालय आफैँसँग राखेका छन्।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया