बिएल संवाददाता
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ।
पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन्।
लामो समयदेखि अव्यवस्थित रहेका बसोबासीलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिकामार्फत निस्सा वितरण गरेको उनले बताए । ‘गाउँपालिकामा वडा नम्बर ७ लापुबाट व्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न थालिएको छ’, उनले भने, ‘पालिकाभित्रका सबै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई क्रमशः निस्सा वितरण गर्दै जानेछौँ ।’
अध्यक्ष गुरुङले प्रारम्भिक चरणमा लापुमा रहेका बाह्र घरधुरी अव्यवस्थित परिवारलाई निस्सा वितरण गरिएको उनले बताए । ‘प्रक्रिया पुगेकालाई निस्सा वितरण गरिएको छ’, उनले भने, ‘अब जग्गा नाप जाँच लगाएका काम सकिएपछि लालपुर्जा वितरणको काम सुरु हुन्छ ।’
फनिवेदन परेकामध्येबाट वास्तविक अव्यवस्थित बसोबासीको पहिचान गरी निस्सा वितरण गरिएको उनको भनाइ छ । लालपुर्जा पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, र अव्यवस्थित बसोबासीलाई निस्सा पाएसँगै अब छिट्टै थप प्रक्रिया पूरा गरेर लालपुर्जा प्राप्त गर्ने जनाउँदै खुसी भएका छन् ।
आयोगले अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायतका विभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीले भने जग्गा प्राप्त गर्दा राजस्व तिर्नु नपर्ने व्यवस्था रहेको छ ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया