बिएल संवाददाता
राष्ट्रिय मानवअधिकार आयोगले वार्ता र संवादकै माध्यमबाट सर्लाही घटनाको समाधान खोज्न प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ।
सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशङ्कर शाहको मृत्यु भएकोे घटनालाई लिएर आयोगले प्रदर्शरक्त पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको हो।
उक्त घटनाको आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले अनुगमन गरिरहेको आयोगले जनाएको छ।
'उक्त घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारवाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ', आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी भएको प्रेस विज्ञप्तिमा भनिएको छ, 'भविष्यमा यस प्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाइ शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ।'
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया