बिएल संवाददाता
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि चुमेको छ। शनिबार भएको फाइनल खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई फेरि उपविजेतामै सीमित गरिदिएको हो।
लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो।
फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीका ओपनार दिनेश अधिकारीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो।
सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए। हर्मित सिंह र स्कट कुगेलेइनले समान १०/१० रन जोडे।
बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, कप्तान रोहित पौडेल र शेर मल्लले समान ३-३ विकेट लिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया