शनिबार, २४ जनवरी २०२६

भारतमा खेल्न नमानेपछि विश्वकपबाट बाहिरियो बंगलादेश, आईसीसीले स्कटल्यान्डलाई दियो अवसर

News Image
• • •

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आगामी महिनाबाट भारत र श्रीलंकामा हुने टी–२० विश्वकप क्रिकेटबाट बंगलादेशलाई हटाएको छ।

बंगलादेश र भारतीय क्रिकेट बोर्डको विवादपछि बंगलादेशले भारतमा विश्वकप नखेल्ने र आफ्ना सबै म्याच श्रीलंकामा सार्न आग्रह गरेको थियो।

आईसीसीले स्थान परिवर्तन नहुने स्पष्ट पार्दै २४ घण्टाभित्र निर्णय लिन अन्यथा अर्को राष्ट्रले मौका पाउने पत्र पठाएको थियो। बंगलादेश आफ्नो अडानबाट पछि नहटेपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई मौका दिएको हो।

पछिल्लो समय भारत–बंगलादेश तनावपूर्ण बनेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!