शनिबार, ३१ जनवरी २०२६

साफ यु–१९ महिला च्याम्पियनसिपः पोखरा रंगशालामा भारतसँग हार्‍यो नेपाल

News Image
• • •

पोखरामा आजदेखि सुरु भएको साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ।

पोखरा रङ्गशाला फुटबल मैदानमा भएको खेलमा नेपाल भारतसँग १—० ले पराजित भएको हो।

खेलको ४९औं मिनेटमा भारतकी पर्ल फर्नान्डेजले गरेको गोल नै जितका लागि पर्याप्त भयो।

नेपालले अब दोस्रो खेल सोमबार भुटानविरुद्ध खेल्नेछ।

सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!