बिएल संवाददाता
पोखरामा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराएको छ।
पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई हराएको हो। नेपालका लागि खेलको ३६औं मिनेटमा सिर्जना बढुवाल र ७९औं मिनेटमा प्रजिता राईले गोल गरिन्।
८८औं मिनेटमा भुटानकी सोनाम छोडेनले सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।
नेपालकी सिर्जना बढुवाल प्लेयर अफ द म्याच बनिन्।
दोस्रो खेलमा नेपालले पहिलो जित निकाल्दा भुटानले भने लगातार दोस्रो हार ब्यहोरेको छ। पहिलो खेलमा नेपाल भारतसँग पराजित हुँदा भुटान बंगलादेशसँग हारेको थियो।
बुधबार दिउँसो नेपाल र बंगलादेश आमनेसामने हुनेछन्। शीर्ष स्थानमा हुने दुई टोली फाइनल प्रवेश गर्नेछन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया