बिएल संवाददाता
पोखराको फेवातालमा माछा मार्ने क्रममा लोड गरिएको अवस्थाको एक थान ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर) फेला परेको छ।
बिहीबार दिउँसो पोखरा महानगरपालिका–१८ खपौदीस्थित तालमा उक्त हतियार फेला परेको हो।
स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्दा गह्रौँ वस्तु अड्किएपछि तान्दा हतियार देखिएको भन्दै जलारीले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट टोली खटिएको थियो।
प्रहरीका अनुसार बरामद हतियारमा ‘मु वा १११ (बट) नम्बर बडी नं. १३८१०’ उल्लेख छ।
उक्त एसएलआरमा १८ राउण्ड गोली लोड गरिएको म्यागजिनसमेत फेला परेको कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बरामद हतियारबारे प्रारम्भिक अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएकाे छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया