बिएल संवाददाता
नेपाली राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले बेल्जियमको ईयू टी–२० लिग खेल्ने भएका छन्।
सन्दीपलाई लिइज रेड लायन्सले क्लबले ड्राफ्टअघि नै प्रि-साइन गरेको हो। सन्दीपले खेल्ने क्लबले यसअघि नै क्रिस लिन, कोरी एन्डर्सन, सोएब मल्लिकलाई भित्र्याइसकेको छ।
ईयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो। बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँग साझेदारी गर्दै आयोजना गर्न लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म आयोजना हुनेछ।
एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख शहरहरू प्रतिनिधित्व गर्ने ६ फ्रेन्चाइज टिमहरूले राउन्ड-रोबिन लिग चरण खेल्छन्, त्यसपछि शीर्ष चार टिमहरूले प्लेअफमा प्रतिस्पर्धा गर्छन्।
लिगका लागि ड्राफ्टबाट पनि खेलाडी छनोट गरिनेछ। ड्राफ्ट २४ मार्चमा हुनेछ। ब्रसेल्समा हुने ड्राफ्टबाट सबै टिमले खेलाडी कोटा पूरा गर्नेछन्। ड्राफ्टमा नेपालका १५ बढी खेलाडी दर्ता भएको बताइन्छ। ड्राफ्टअघि टिमहरूले केही महत्वपूर्ण खेलाडीहरूलाई प्रि–साइन गरेर भित्र्याएका हुन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया