बिहिबार, १९ मार्च २०२६

जय ट्रफीको उपाधि पुलिस क्लबलाई, आर्मी फेरि उपविजेतामा सीमित

News Image
• • •

जय ट्रफी क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

बिहीबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो।

ट्रफीमा पुलिसको यो लगातार दोस्रो जित हो। गत संस्करणको फाइनलमा पनि आर्मीलाई नै हराएर पुलिसले उपाधि जितेको थियो।

आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

पुलिसका लागि राशिद खानले सर्वाधिक ८१ रन बनाए। यस्तै, कुशल भुर्तेलले ५१, दिलसाद अलीले ३१ रनमा बनाउँदा दिनेश खरेलले २५ रन बताए।

बलिङमा आर्मीका लागि पवन कार्की र शाहब आलमले समान २–२ विकेट लिए। आकाश चन्द र भीम सार्कीले एक–एक विकेट लिए।

दोस्रो दिनको समाप्तिमा १७८ रनको अग्रता बनाएको आर्मीले तेस्रो दिन थप ४८ रन जोडेको थियो।

आर्मीको २२१ रनको पहिलो इनिङ पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाउँदै अलआउट भएको थियो। दोस्रो इनिङ थालेको आर्मीले दोस्रो इनिङमा २२६ रन बनाएर अलआउट भएको थियो।

आर्मीका लागि आकाश चन्दले ३७ रन बनाउँदा कुशल मल्लले ३६, शाहब आलमले ३३ तथा भीम सार्कीले ३२ रन बनाए। सोमपाल कामीले २३ रन बनाउँदा तृतराज दासले २० तथा इमरान शेखले १५ रन बताए।

बलिङमा पुलिसका लागि सागर ढकालले ४ विकेट लिए। ललित राजवंशी र करण केसीले समान ३–३ विकेट लिए।

त्यसअघि नेपाल पुलिस क्लब पहिलो इनिङमा ६१.४ ओभर खेलेर २२१ रन बनाउँदै अलआउट भएको थियो। आर्मीले पनि पहिलो इनिङमा ५८.२ ओभर खेल्दै २२१ रन बनाएर अलआउट भएको थियो। जसमा पुलिसको अग्रता भएन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!