बिएल संवाददाता
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरूद्धको खेल ६ विकेटले जित्दै नेपाल अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ।
स्कटल्यान्ड विरुद्धको खेलअघि सातौं स्थानमा रहेको नेपाल यो जितपछि दुई स्थान फड्को मार्दै पाँचौं स्थानमा उक्लिएको हो। २७ खेल खेलेको नेपालले २२ जोडेको छ। रनरेटका आधारमा समान अंक रहेको नामिबियालाई उछिन्दै नेपाल पाँचौंमा उक्लेको हो।
सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर अविजित रहे। इशान पाण्डेले ५५ रन बनाए। ओपनर कुशल भुर्तेल २८ र आसिफ शेख १९ रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरीले २ रन बनाउँदा आरिफ शेख ८ रनमा अविजित रहे।
बलिङमा स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले ३९ ओभर एक बलमा १९४ रन बनाउँदै अलआउट भएको थियो।
स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। माइकल इंग्लिसले ५१ रन बनाए।
बलिङमा नेपालका ललित राजवंशीले ४ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट लिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया