बिहिबार, ०४ जुन २०२६

मलेसियाविरुद्ध नेपालको शानदार जित, समूह विजेता बन्दै एसियन गेम्समा छनोट

News Image
• • •

एसियन गेम्स क्वालिफायर अन्तर्गत मलेसियाविरुद्ध सहज जित निकाल्दै नेपा समूह विजेता बनेको छ। सिंगापुरमा भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेको हो।

नेपालले दिएको २७६ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गमाउँदै १०८ रनमा समेटियो।

मलेसियाका लागि कप्तान सय्यद अजीजले ५४ रन जोड्दा सार्विन मुनियान्दीले १८ तथा मुहम्मद हजिजले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा नेपालका शेर मल्लले तीन विकेट लिए भने करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक/एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले सानदार १२६ रन जोडे। आसिफ शेखले ६८ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रन जोडे।

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सय्यद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिएका थिए।

नेपाल र मलेसिया यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!