बिएल संवाददाता
एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो।
नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए। आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए।
बलिङमा हङकङका लागि एइजाज खानले ४ विकेट लिँदा यासिम मुर्तजाले २ र किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले १–१ विकेट लिए।
त्यसअघि बाबर हायातको शानदार शतकमा हङकङले नेपालविरुद्ध पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २६१ रन बनाएको थियो।
बाबरले अविजित ११७ रन बनाउँदा एहसान खानले ३४ रन र शाहिद वासिफले ४५ रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए।
समूह चरणको अन्तिम खेल हारे पनि नेपाल यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। नेपालसँगै हङकङ पनि सेमिफाइनल पुग्दा आयोजक मलेसिया भने बाहिरिएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया