बिएल संवाददाता
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको भिडन्त भारत र बंगलादेशसँग हुने भएको छ।
समूह डी मा रहेको नेपालले शुक्रबार अफगानिस्तानलाई मुश्किलले पराजित गर्दै तेस्रो स्थान हासिल गरेर सुपर सिक्स यात्रा तय गरेको छ । यो समुहबाट नेपालसँगै पाकिस्तान र न्युजिल्याण्ड सुपर सक्समा पुगिसकेका छन्। यद्यपि, यो समुहको विजेता र उपविजेताको टुंगो भने शनिबार हुने पाकिस्तान र न्यूजिल्यान्डबिचको खेलबाट हुने छ।
आईसीसी यू–१९ विश्वकपमा नेपालसहित ४ समूहका ३–३ गरी १२ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा समूह ए र डी तथा समूह बी र सीमा रहेका टिमबिच प्रतिस्पर्धा हुनेछ ।
समूह ए बाट भारत र बंगलादेश यसअघि नै सुपर सिक्समा पुगिसकेका छन्। यस समूहको तेस्रो टिमको निर्णय भने अमेरिका र आयरल्याण्डबीच शनिबार हुने खेलले गर्ने छ।
सुपर सिक्समा समूह ए को विजेताले समूह डिको दोस्रो र तेस्रो टिमसँग खेल्नेछ। उपविजेता हुने टिमले अर्को समूहको पहिलो र तेस्रो अर्थात समूह चरणमा तेस्रो हुने टिमले सुपर सिक्समा अर्को समूहको पहिलो र दोस्रो टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सुपर सिक्सको पहिलो खेल जनवरी ३१ मा समूह ए को उपविजेता र फेबु्रअरी २ मा समूह विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया