बिएल संवाददाता
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको भिडन्त भारत र बंगलादेशसँग हुने भएको छ।
समूह डी मा रहेको नेपालले शुक्रबार अफगानिस्तानलाई मुश्किलले पराजित गर्दै तेस्रो स्थान हासिल गरेर सुपर सिक्स यात्रा तय गरेको छ । यो समुहबाट नेपालसँगै पाकिस्तान र न्युजिल्याण्ड सुपर सक्समा पुगिसकेका छन्। यद्यपि, यो समुहको विजेता र उपविजेताको टुंगो भने शनिबार हुने पाकिस्तान र न्यूजिल्यान्डबिचको खेलबाट हुने छ।
आईसीसी यू–१९ विश्वकपमा नेपालसहित ४ समूहका ३–३ गरी १२ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा समूह ए र डी तथा समूह बी र सीमा रहेका टिमबिच प्रतिस्पर्धा हुनेछ ।
समूह ए बाट भारत र बंगलादेश यसअघि नै सुपर सिक्समा पुगिसकेका छन्। यस समूहको तेस्रो टिमको निर्णय भने अमेरिका र आयरल्याण्डबीच शनिबार हुने खेलले गर्ने छ।
सुपर सिक्समा समूह ए को विजेताले समूह डिको दोस्रो र तेस्रो टिमसँग खेल्नेछ। उपविजेता हुने टिमले अर्को समूहको पहिलो र तेस्रो अर्थात समूह चरणमा तेस्रो हुने टिमले सुपर सिक्समा अर्को समूहको पहिलो र दोस्रो टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सुपर सिक्सको पहिलो खेल जनवरी ३१ मा समूह ए को उपविजेता र फेबु्रअरी २ मा समूह विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया