बिएल संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ।
नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन्। उनले आठौंदेखि ११ औं (साग) सागमा स्वर्ण जितेका थिए।
विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए। विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुन्।
उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९ औं ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए। विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया