बिएल संवाददाता
अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज अन्तगर्गतकाे दाेस्राे खेलमा नेपालले फिल्डिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम क्यानडाले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।
आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ। नेपालले आजको खेलमा कुशल भुर्तेल, आरिफ सेख र ललित राजवंशीलाई आराम दिएको छ भने आकाश चन्दले एकदिवसीय डेभ्यु गर्ने भएका छन्।
त्यस्तै आजको टिममा अनिल शाह र देव खनाललाई प्लेइङ ११ मा समावेश गरिएको छ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी र आकाश चन्द।
यसअघि बिहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १-० ले अगाडी रहेको छ।
नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिश्चित गर्न चाहने छ। भने, क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहने छ।
नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात् माघ २९ गते हुनेछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया