बिएल संवाददाता
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा क्यानडाले नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भयाे।
क्यानडाका ओपनर आरोन जोनसनले अर्धशतक प्रहार गरे। ६२ बलको सामना गरेका उनले १० चौका तथा २ छक्का प्रहार गरेको मद्दतमा ६५ रन बनाए।
अर्का ओपनर नभ्निल धालिवाल ४६ रन बनाएर आउट भए।
त्यसैगरी पर्गत सिंह ३८, निकोलस कार्टन २०, हर्श ठकर ३, दिलप्रित बज्वा १९, शाद बिन जफार १ शाहिद अहमदजाइ १३ रन बनाएर आउट भए।
नेपालका कप्तान रोहितकुमार पौडेले २, कुशल मल्लले २, सूर्य तामाङले १, आकाश चन्दले १, पवन श्राफले १ र साेमपाल कामीले १ विकेट लिए।
नेपालले सिरिजको पहिलो खेल जितेको थियो।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया