बिएल संवाददाता
नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ। खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान ९ः१५ बजेबाट सुरु हुनेछ।
यसअघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ। नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो।
नेपालले अबकाे अन्तिम खेलकाे जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ, भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ।
शनिबार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गर्यो।
खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा उनीहरूले राम्रो प्रदर्शन गरे।
दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दबाबमा छन्। उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे निकै राम्ररी थाहा छ।
यसअघि उनी नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए। तर, नेपाली टोलीलाई घरेलु मैदानमा पाएको दर्शकको साथ र ब्याटिङमा देखिएको धैर्यताका कारण दाशानायकेले फाइदा उठाउन सकेका छैनन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया